बाग्लुङ । वि.सं. २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको ९ वर्षपछि गाउँपालिकाको केन्द्र टुंगिएको छ । १७औँ गाउँसभाको तेस्रो बैठकले पालिकाको भवन बनाउने स्थानको सर्वसम्मत टुङ्गो लगाएको हो ।

बागलुङका १० पालिकामध्ये ९ पालिकाको आफ्नै भवनमा छ । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन । भवन निर्माणका लागि स्थान छनोटमा सहमति जुट्न नसक्दा गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ ।

१७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदान हुँदा अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए । बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमतिपश्चात १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको थियो ।

पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष रु सात लाख बढी घरभाडा तिर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय