विराटनगर । लोहन्द्रा खोलामाथिको पक्की पुलबाट खसेर मोरङको जहदा गाउँपालिका–४ मा शुक्रबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ।

साइकलमा यात्रा गरिरहेका बेला विराटनगर–राम चोक पक्की सडक खण्डअन्तर्गतको पुलबाट खस्दा जहदा–४ का ३५ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा ऋषिदेव साँझ ६ः४० बजेतिर पुलबाट खसेर गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा साँझ ७ः४० बजेतिर विराटनगरको कोसी अस्पतालमा उनको मृत्यु भएको जानकारी श्रेष्ठले दिए। अत्यधिक मदिरा सेवन गरेर साइकलसहित तर्ने क्रममा अनियन्त्रित भएर ऋषिदेव पुलबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पुलमाथि नै फेला परेको साइकल सीमा प्रहरी चौकीको नियन्त्रणमा छ। डीएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान थालिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय