बुधन चौधरी, कोल्हवी । बाराको कोल्हवी नगरपालिका वडा न.४ मा शनिबार जाडोयाम र सरसफाईका सामाग्री वितरण गरिएको छ। गोर्खा वेल्फेयर ट्रस्ट नेपाल उथानशिल खानेपानी सरसफाइ तथा बिपद तयारी कार्यक्रम पोखराको सहयोग तथा वडा न.४ को कार्यालय र सुर्योदय खानेपानी उपभोक्ता तथा सरसफाइ समिति कोल्हवी ४ बाराको समन्वयमा स्थलगत निरीक्षणबाट अवलोकन गरी अति अशक्त, विपन्न र आर्थिक स्थिति न्युन भएका २ सय १४ घरधुरीलाई जाडो तथा सरसफाइका सामाग्री वितरण गरिएको हो ।

राहत सामाग्रीमा डेटल साबुन प्रती व्यक्ति ५ पिसका दरले १ हजार ७० पिस,सर्जिकल मास्क १ प्याकेट्का दरले २४० प्याकेट, बलाङ्केट ३४९ पिस र दसना ४०९ वटा वितरण गरेका छन । कार्यक्रमका प्रमुख अतिथिमा नगर प्रमुख भरत बहादुर भण्डारी विशिस्ट अतिथिहरुमा को.न.पा.४ का अध्यक्ष भेष बहादुर ढकाल, गोर्खा वेल्फेयर ट्रस्ट नेपालका पृतम थापा,विध्यालय व्यवस्थापन सपहिका अध्यक्ष तपेश्वर राय थारु, अतिथिहरुमा वडा न.४ कि सदस्य कालिका बि क, कोपिला भण्डारी, देवकान्त चौधरी, राम वृश चौधरी समाजसेवी, बुद्धिजीवी, संचारकर्मी लगायतका उपस्थिति रहेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि भण्डारीले भने,”आज हामी यो सामाग्री बितरण गरि रंहदा धेरै उपभोक्तालाई समावेश गर्न सकेनौं र फेरि पनि पछि निरीक्षण गरेर बाकी रहेकालाई बितरण गर्ने साथै यस संस्थाले वडा न.४ का ६४१ घरधुरीलाई स्वस्थ खानेपानी खुवाउने कार्यक्रम आएको पनि जानकारी गराए ।”

कार्यक्रमका सभापति सुर्योदय खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष नेत्र प्रसाद पौडेल थिए भने कार्यक्रम संचालन दिपेन्द्र सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय