पुष्कर खड्का, रामेछाप । रामेछाप खाँडादेवी गाउँपालिकाबाट माओवादी र कांग्रेस परित्याग गरि २७ जना एमालेमा प्रवेश गरेका छन् ।
खाँडादेवी गाउँपालिका–२ मझुवाको निगालपानीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २७ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
खाँडादेवी गाउँपालिकाबाट माओवादी र नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा पार्टीमा प्रवेश गर्नेहरुमा बर्दि नाथ श्रेष्ठ, रत्न बहादुर लामा, हरिमाया श्रेष्ठ, निर्मला तामाङ, बद्रीलाल योञ्जन, प्रशान्त घिसिङ, शुनिल घिसिङ, विवेक घिसिङ, दिलिप लामा, प्रकाश बोहरा, धुर्व बोहरा, राजन खत्री, राम बहादुर खत्री, राम बहादुर लामा, पदम बहादुर लामा, धुर्व कुमार लामा, प्रेम बहादुर लामा, रत्न कुमार लामा, लक्षुमन घिसिङ, राजकुमार श्रेष्ठ, केदार श्रेष्ठ, विन्दा श्रेष्ठ, बखान सि मोक्तान सहितका अन्य नेता कार्यर्ताहरु प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई एमाले पोलिटब्यूरो सदस्य कमल चौलागाई, खाँडादेवी गाउँपालिकाका अध्यक्ष एवं एमालेका नेता प्रेम बहादुर तामाङले स्वागत गरेका थिए ।