निजगढ नगरपालिका वडा नम्बर १० लालमा आज एकै दिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरी दुई सय ५० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमालेका नेताहरुले अविर लगाएर र खादा ओडाएर पार्टी प्रवेश गराइएको हो ।

माओवादी केन्द्र निजगढ नगर कमिटी सदस्य सुमित्रा लोप्चन, अखिल नेपाल महिला संघ बारा जिल्ला सदस्य राममाया लोप्चन लगाएत १ सय ८० जना भन्दा बढी संख्यामा नेता–कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यस्तै, नेपाली काँग्रेसबाट तारा थिङ्ग, राजु वल, सन्मान वाइव लगाएत ७५ जना भन्दा बढी संख्यामा एमालेमा प्रवेश गरेका हुन् ।

लालका माओवादी र नेपाली कांग्रेस पार्टीका अधिकांश नेता कार्यकर्ता र मतदाता एमालेमा प्रवेश गरेको नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलानले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य ज्वाला साह, एमाले प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, नेकपा एमाले बारा जिल्ला कमिटी अध्यक्ष विनोद साह, निजगढ नगरपालिकाकी उपाध्यक्ष एंव जिल्ला कमिटी सदस्य लिलादेवी खनाल, एमाले निजगढ नगर कमिटी अध्यक्ष सुरत पुरीले एमाले प्रवेश गर्नेहरुलाई क्षमता र योग्यताको आधारमा पार्टीभित्र जिम्मेवारी दिने बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य सुदर्शन कोइराला, दर्गा कोइराला, एमाले बारा जिल्ला कमिटी उपाध्यक्ष टिना सुवेदी, सहसचिव अमृत बजगाईलगायत जिल्ला कमिटीका सदस्य र निजगढ नगर कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमाले वडा नम्बर १० वडा कमिटीका अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रमको संचालन अमृत अधिकारीले गरेका थिए ।

२०७८ फागुनसम्म एमाले प्रवेशको अभियान सञ्चालन गर्ने पार्टीको निर्देशन अनुसार एमाले निजगढले पार्टी प्रवेश अभियानलाई निरन्तरता दिने एमाले निजगढका अध्यक्ष सुरथ पुरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय