डेल्धुरामा भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। बिहीबार बिहान करिब सवा नौ बजे नवदुर्गा गाउँपालिका–५ चौडस्थित कच्ची सडक खण्डमा से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खस्दा यो दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ठाडा बजारबाट सदरमुकामतर्फ आउँदै गरेको जिप खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

दुर्घटनामा परेकामध्ये कम्तीमा चार जना घाइते भएको अनुमान गरिएको छ। उनीहरूको उद्धार कार्य जारी रहेको र उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।दुर्घटनाको कारण अहिलेसम्म नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय