नेकपा एमाले बीरगन्ज महानगर कमिटीले फागुन १५ गते देखी घर दैलो अभियान संचालन गर्ने भएको छ ।
बीरगन्ज महानगर कमिटीको आज बसेको पुर्ण बैठकले फागुन ७ गते देखी १४ गतेसम्म पार्टी संगठन बैठक र जन संगठनहरुको निर्माण प्रतेक वार्डमा गर्ने निर्णय गरेको हो ।
बैठकले लोसपाका नेता राजेश मान सिंहसहित हजारौको संख्यामा हुने बृहत् पार्टी प्रवेशको आयोजना गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुममा बोलाउन आग्रह गर्ने निर्णय भएको एमाले बीरगन्जका सचिव सुन्दर कुर्मीले जानकारी दिए ।
बैठकमा उपाध्यक्ष महेश दासले अगामी कार्य योजना बारे प्रकाश पारेका थिए । अध्यक्ष राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य राज कुमार गुप्ता, निर्मला देवकोटा, जिल्ला उपाध्यक्ष विशम्भर कुमार शर्मा, विना शर्मा लगायतले पार्टी पक्ती स्थानिय चुनावमा उर्जाको साथ परिचालन गर्न निर्देशन दिएका छन ।