![](https://ournewscrew.com/wp-content/uploads/2021/08/oli-deuba.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।
बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/nagarpalika-new.gif)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/gengu-new.jpg)
![](https://ournewscrew.com/wp-content/uploads/2023/09/anugaman-add.gif)
बिहीबार नै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओलीसँग भेट गरेका थिए ।