नेकपा माओवादी केन्द्रले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको सँगै माओवादी केन्द्रका नेता तथा कार्यकर्ता विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) को विरोधमा माओवादी केन्द्र निजगढ र भ्रातृ संगठनहरुले भोली निजगढमा विरोध प्रदर्शन गर्ने भएको छ ।

माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्वक्यिू (क्रान्तिकारी), अनेम संघ (क्रान्तिकारी) तथा वाईसिएल नेपालको संयुक्त आयोजनामा हुने बताईएको छ । भ्रातृ संगठनहरु आयोजनामा भोली दिउसो दिनको १ बजे निजगढ नगरपालिकाको सहित चोकमा गरिने तयारी भएको माओवादी केन्द्र निजगढका नगर अध्यक्ष सन्तोष दंगालले जानकारी दिए ।

माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जन वर्गीय सङ्गठनहरूलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरेको छ । जबर्जस्ती एमसीसी पास गर्न खोजिए सत्ता छाड्ने समेत माओवादीले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय