काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पास गरेअनुसार नै राष्ट्रसेवक कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था टुंगो लगाएको छ ।
आज सिंहदरबारमा बसेको विधायन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथिको छलफलका क्रममा यसअघि नमिलेको अनिवार्य अवकाशसम्बन्धी प्रावधानलाई तीन चरणमा व्यवस्थापन गर्ने गर्नेगरी सहमति भएको हो ।

सहमतिअनुसार सो विधेयक पास भई कानुन कार्यान्वयन भएको वर्ष ५८, त्यसपछि ५९ र तेस्रो वर्षदेखि ६० वर्षमा कर्मचारीले उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन् । दुवै सदनबाटे विधेयक पारित भएमा ५८ वर्ष पुगेका कर्मचारी यसैवर्ष र त्यसपछि ५९ र ६० वर्षीय प्रावधानअन्तर्गत उमेरहदका कारण सेवानिवृत्त हुनेछन् ।

विधायन व्यवस्थापन समितिबाट सहमति भएको सो विधेयकलाई राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र ऐनका रूपमा आई कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय