काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिका वडा नं. १ स्थित इन्द्रदह परिसर सरसफाइ गरेको छ । काठमाडौं उपत्यका जागरण अभियानअन्तर्गत समितिले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल इन्द्रदह परिसरमा सरसफाइ गरेका हुन् ।





प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्र दहमा मेला लाग्ने गरेको छ । इन्द्र दह स्नानका लागि हरेक वर्ष यस स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । इन्द्र दह स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा संमृद्धि कायम हुने विश्वास गरिन्छ । यस वर्ष यही भदौ २२ गते आइतबार इन्द्र दहमा मेला सञ्चालन हुँदैछ ।




