काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई र वितरणको काम अनिश्चितकालका लागि स्थगित भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै संरचनामा तोडफोड, आगजानी तथा चोरी, लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको बताएको छ ।

सवारी चालक अनुमतिपत्र छपाई र वितरण लगायतको सूचना प्रविधिसम्बन्धी प्रणाली सुचारु भएपछि पुनः जानकारी दिने पनि विाभागले उल्लेख गरेको छ ।







