काठमाडौं । नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोलका गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले दिउँसो करिब २ बजे घरबाट नजिकै बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र प्रहरी फतुवा बेसका सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर तामाङको टोलीले ४० मिनेटपछि बालकलाई फेला पारेको जानकारी दिनुभयो । कार्कीले बालकको उपचारको लागि राजपुर प्राथमिक उपचार केन्द्र राजपुर फरदहवामा पुर्याइएको र स्वास्थ्यकर्मीले मृत घोषणा गरेको बताउनु भयो ।

यस्तै आजै दिउँसो देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई जना बालिका बेपत्ता भएका छन् । कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र सोही गाउँ बस्ने शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी आज दिउँसो करिब सावा २ बजेदेखि बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । ती बालिका आफ्नो खेतको भँगालोमा नुहाउन गएको र उनीहरुको खोजी भइरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय