पोखरा — पोखराको प्रमुख पर्यटक गन्तव्य लेकसाइड क्षेत्रमा भारतीय नागरिकमाथि आक्रमण भएको छ। निलो पल्सर मोटरसाइकलमा आएका युवाहरुले आक्रमण गरेको घटना सार्वजनिक भएपछि स्थानीय पर्यटन व्यवसायी र सुरक्षाकर्मी सतर्क बनेका छन्।

प्रत्यक्षदर्शीका अनुसार घटना बेलुकीको समयमा भएको हो। भारतीय पर्यटकहरु सडकमा हिंडिरहेका बेला मोटरसाइकलमा आएका युवाहरुले ढुंगा र बोतल प्रहार गरेका थिए। अकस्मात् भएको आक्रमणमा केही भारतीय नागरिक घाइते भएका र नजिकैको स्वास्थ्य संस्थामा उपचार गरिएको प्रारम्भिक जानकारी छ।घटनापछि लेकसाइड क्षेत्रमा केहीबेर त्रासको वातावरण सिर्जना भएको थियो। स्थानीय व्यवसायीहरुले यस्तो गतिविधि दोहोरिन सक्ने आशंकाले पर्यटकको विश्वासमा नकारात्मक प्रभाव पार्ने भन्दै चासो व्यक्त गरेका छन्।

प्रहरीले आक्रमणमा संलग्न समूहको पहिचान सुरु गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा आसपासका केही शंकास्पद व्यक्तिहरु निगरानीमा राखिएको जनाएको छ। प्रहरी प्रवक्ताले घटना पर्यटक–मैत्री शहर पोखराको छविमा धक्का पुग्ने खालको भएकाले दोषीलाई छिट्टै पक्राउ गरिने प्रतिबद्धता जनाएका छन्। पर्यटन व्यवसायी संघका प्रतिनिधिहरुले तत्काल सुरक्षा व्यवस्थामा सुधार गर्नुपर्ने, नियमित गस्ती बढाउनुपर्ने र विदेशी पर्यटकको सुरक्षामा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय