काठमाडौं । मलेसियाविरुद्धको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले जीत हासिल गरेको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले पाँच खेलको उक्त श्रृंखला जितेको हो । जितसँगै नेपालले पाँच खेलको श्रृंखला ३–२ ले आफ्नो पक्षमा पारेको छ ।
यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पच्छाएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाए ।
नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन÷तीन विकेट लिए भने रचना चौधरीले एक विकेट लिइन् ।




