हेटौंडा: जेन्जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीका घटनामा अनेरास्ववियु (नेकपा एमाले) मकवानपुरले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङल गायतविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी पेश गरेको छ। तर प्रहरीले उक्त जाहेरी दर्ता गर्न सरकारी वकिल संग समन्वय गरेर मात्र जानकारी गराउने जिकिर गरेको छ।

अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले पेश गरेको जाहेरीमा भाद्र २३ र २४ गते विद्यार्थी र युवालाई उक्साएर सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, आगजनी र लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ। जाहेरीमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७ (ज्यान मार्ने), १७८ (हत्या), २४४ (लुटपाट) र २८५(२) (आपराधिक उपद्रव) अन्तर्गत कारबाही माग गरिएको छ। जाहेरीसँगै भिडियो र फोटो समेटिएको पेन ड्राइभ पनि प्रमाणका रूपमा पेश गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुवास चन्द्र बोहराले सरकारी वकिलसंग परामर्श गरेर जाहेरी लिने नलिने भोलि मात्र जानकारी गराउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय