काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले उक्त बैठक आह्वान गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, यो बैठक असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डाहरू तय गर्नका लागि बोलाइएको हो।

जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते सभापति देउवाको निजी निवास र पार्टी केन्द्रीय कार्यालयमा आगजनी तथा तोडफोडबाट क्षति पुगेपछि बैठकको स्थान भने अझै तय भई नसकेको मुख्य सचिव पौडेलले जानकारी दिएका छन्।

भदौ २४ गतेको घटनापछि सार्वजनिक रूपमा नदेखिनुभएका सभापति देउवाको उपस्थितिमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूले केन्द्रीय समितिको तयारीका साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय