काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ को लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सामाजिक संजालबाट युएईमा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो ।

२०–२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् । २६ अक्टोबर देखि सुरु हुने शृंखलामा नेपालले घरेलु टोलीसँगै अमेरिकासँग दुई लेग खेल्ने तालिका छ । शृंखला नोभेम्बर ६ सम्म चल्नेछ ।

लिग–२ को अंकतालिकामा नेपाल अहिले १२ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा छ । समान खेलबाट मात्र ६ अंक जोडेको युएई पुछारमा रहँदा अमेरिका २० खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानमा छ । लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख र सन्दीप लामिछाने नेपाली टोलीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय