काठमाडौं । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौंमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाई कार्य तदारूकता देखाएको छ ।



काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाई गरेको छ ।



