अत्याधिक भिडभाड हुने जनकपुरधामको विवाहपञ्चमी महोत्सवमा नेपाली सेना जनता माझ पुग्ने प्रयत्न गरेको छ । भिडभाडका साथ विवाह पञ्चमीको स्वयंवर मनाइने मुख्य स्थल एतिहाँसिक बाह्रबिघ्घा रंगभुमि मैदानमा शिविर बनाएर निशुल्क उपचार थालेका सेना जनता संग अपनत्व हुने अन्य गतिविधी पनि संगै थालेका छन् ।

हरेक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवमा स्वयंवरका बेला बाजागाजा सहित एक समुहमा देखिने नेपाली सेना यस वर्ष प्रत्यक्ष जनता र दर्शनार्थीहरुसंग जुडने कार्यक्रमको आयोजना गरेको हो । बाह्रबिघघा रंगभुमि मैदानको केहि क्षेत्रमा राम्रो शिविर स्थापना गरि नेपाली सेनाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगको स्वास्थ्य उपचार मात्र नभई सेनामा भर्ना हुने विधी प्रक्रिया र मापदण्डहरु समेतको जानकारीका लागि डेस्क राखिएको छ । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज समुदघाटन गरेको शिविर तिन दिन सम्म चल्ने जस्मा रक्तदान, सर्पदंश र त्यसबाट जोगिने उपाय, मधेशमा भयावह रहेको आँखाको मोतियाबिन्दुको शाल्यक्रिया देखि सेनाको बारेमा परिचय दिने स्टल पनि राखिएको छ ।

नेपालीको सेना बर्दिवास स्थित मध्यपुर्वी पृतनाको अगुवाई र महोतरी, धनुषा तथा सिरहा स्थित विभिन्न गणहरु समेतको सक्रियतामा भएको शिविरमा नेपाली सेना र राष्ट्रिय सेवा दलका युवाहरु गरि हजारौंलाई खटाइएको छ । व्यवस्थित शिविरमा भारतको विभिन्न क्षेत्रबाट आएकाहरुको उपचार गराउने लाईनमा भिडभाड देखिन्छ । विवाह पञ्चमीमा दर्शनार्थी र आगन्तुकको भिडले अस्तव्यस्त रहने बाह्रबिघ्घ रंगभुमि मैदानलाई नेपाली सेना र वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद मिलेर यसपालि व्यवस्थित बनाउन खोजेको छ । वृहतरले दर्शनार्थीहरुलाई बस्ने र खाने बन्दोबस्त गरेको देख्दा यि दुवै संस्थाको प्रशंसा भइरहेको छ ।

सेनाले नेपाल भारत र स्थानिय गरि लाखौंको संख्यामा सहभागिता हुने यस महोत्सवमा प्रत्यक्ष सेवा र परोपकारका कार्यमा सहभागि भई जनता संगको सामिप्यता बढाउने प्रयत्न थालेको देखिन्छ । सप्ताह व्यापि विवाह पञ्चमी महोत्सवको पाँचौ दिन आज माता जानकीले आफनो विवाह मण्डपका लागि मटकोर ढमाटोखन्नेण विधी भइरहेको छ भन्ने भोली यसै बाह्रबिघ्घा रंगभुमि मैदानमा भगवान रामजानकीको डोला आएर भव्य स्वयंवर भई साँझ जानकी मन्दिर प्राङ्गणमा वैवाहिक कार्यक्रम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय