पोखरामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना स्थमा व्यवसायीले शान्तीपूर्ण प्रदर्शन गरेका छन् । व्यवसाय प्रभावित हुने भन्दै व्यवसायीले सभा अन्यन्त्र स्थानान्तरणको माग राख्दै प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । पोखराको चिप्लेढुङ्गा मानवअधिकार चोकमा सभाको लागि स्टेल निर्माण गरिएको छ । भने सडक बन्द गदै कुर्चीहरु रखिएका छन् । पोखरा ट्रेड महलका व्यवसायीहरुले पटकपटक सडकमा कार्यक्रम नगर्न महानगरलाई ध्यानाकर्षण गराए पनि महानगरले नटेरेको भन्दै आक्रोस व्यक्त गरे । व्यवसायी नवराज त्रिपाठीले सडक बेच्ने काम गरेको भन्दै व्यवसायी मारा काम नगर्न मेयर धनराज आचार्य प्रति आक्रोस पोखे ।

नेकपाले पोखरामा सन्देश सभा गदैँ छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।व्यवसायले शान्तीपूर्ण प्रदर्शन गरेका छन् । अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय