प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आज पक्राउ गरेको हो । सिआइबीले बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि कर्जा अपचलन प्रकरणमा अनुन्धान गरिरहेको छ । सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले कर्जा अपचलन प्रकरणमा शेरचनलाई प्रभु बैँकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

सिआइबीले गत कात्तिक २२ गते बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा अपचलनसम्बन्धी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । प्रभु बैँककी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगीबारे दिएको जाहेरीका आधारमा सिआइबीले गत कात्तिक ११ गते भट्टचनलाई पक्राउ गरेको थियो । सिआइबीले प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा अनुसन्धान गर्दा भट्टचन र शेरचन पक्राउ परेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय