जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने तयारी गरेको घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी दिएका हुन्। मुख्यमन्त्री यादवले मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै, प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने तयारीमा रहेको बताए।
उनले आशा व्यक्त गरे कि विगतमा सहयोग गरेका दलहरूले विश्वासको मत दिनेछन्।







