दाङको राप्ती गाउँपालिका–२ पुन्यपुरस्थित फोहोर व्यवस्थापन तथा स्रोत केन्द्रमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। आगो दिउँसोसम्म पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। आगलागीबाट एक ट्रस्ट भवनसहित ठूला–साना मेसिन, टायल तथा इन्टरलक जलेर नष्ट हुँदा करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो नियन्त्रणका लागि गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासिन्दा खटिएका छन्। आगो विद्युत् सर्ट वा मानवीय कारणले लागेको हो भन्ने बारेमा पुष्टि नभएको इलाका प्रहरी कार्यालय भालवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए।

घटनाबारे २ नम्बर वडाध्यक्ष पहलवान चौधरीले खबर दिएपछि नियन्त्रणका प्रयास सुरु भएको जनाइयो। राप्ती गाउँपालिकाले सो स्थानमा फोहोर व्यवस्थापन गर्दै आएको थियो। तर पछिल्लो समय स्थानीयले व्यवस्थापनमा अवरोध गर्दै आएपछि विवाद चुलिँदो थियो। वार्ताबाट सहमतिको वातावरण बनेका बेला आगलागीको घटना भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय