काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अन्तर्राष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकारलाई साक्षीको रुपमा मात्र नभई निर्णायक भूमिकामा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभएको छ ।

मंसिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन संघले आयोजना गरेको अन्तर्राष्ट्रिय साझेदारीका लागि प्रस्तुतिकरण दिँदै प्रमुख गिरीले यस्ता कार्यक्रमले स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल ‘गेटवे’ लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो । त्यस अवसरमा नेपालबाट चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंङ्गोल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय