काठमाडौं — नेपाल प्रिमियर लिग ९ल्एी० को फाइनल खेलको टिकट बिक्रीका लागि उत्साह चरम सीमामा पुगेको छ। टिकट काउन्टरमा राति २ बजेदेखि नै लाइन लाग्न थालेको र बिहान ४ बजेसम्म सयौँ दर्शक लाइनमा उभिएको देखिएको छ।फाइनल खेल प्रत्यक्ष हेर्न चाहने समर्थकहरू चिसो मौसमको पर्वाह नगरी मध्यरातमै टिकट काउन्टर अगाडि भेला भएका थिए। आयोजकका अनुसार अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भएपछि टिकट व्यवस्थापनमा थप चुनौती देखिएको छ।

लाइनमा बसेका दर्शकहरूले टिकटको संख्या सीमित भएकाले समयमै आएर लाइन बस्नुपरेको बताए। “फाइनल खेल छुटाउन चाहेनौँ, त्यसैले रातिदेखि नै आएका हौँ,” एक दर्शकले भने। आयोजक पक्षले भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको र टिकट वितरण प्रक्रिया व्यवस्थित बनाउन प्रयास भइरहेको जनाएको छ। ल्एी फाइनलप्रति देखिएको यो भीडले प्रतियोगिताप्रतिको लोकप्रियता अझै बढ्दै गएको संकेत गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय