काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास–निर्माणको बाटोमा अग्रसर गराउने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री भुसालले संविधानको रक्षा गर्नु हरेक नागरिकको दायित्व भएको बताउनुभयो । उहाँले जनताको चाहना र आवश्यकअनुसार राज्य सञ्चालन नगर्दा जेनजी आन्दोलन भएको भन्दै युवा पुस्ताको भावनाअनुरुप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने स्पष्ट पार्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ भन्दै त्यसका लागि जिल्ला–जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको पूर्वमन्त्री भुसालले बताउनुभयो ।




