नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिले ब्याटिङ रोजेका हुन्। फाइनल खेलमा सुदूरपश्चिमले आफ्नो टोलीमा चार परिवर्तन गरेको छ भने लुम्बिनी लायन्सले एक खेलाडी परिवर्तन गरेको छ।



उपाधिका लागि हुने यो प्रतिस्पर्धालाई लिएर दुवै टोली उत्साहित देखिएका छन्। एनपीएलको फाइनल खेलले घरेलु क्रिकेटप्रेमीको विशेष ध्यान तानेको छ।




