काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि वडा नम्बर–७ ले आगामी वडा अधिवेशनको तयारीका लागि वृहत छलफल भएको छ ।
वडा कमिटीका सचिव निराजन महतले वडा कमिटीको आजको भेलाले आगामी अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न रणनीति योजनाको विषयमा छलफल भएको बताउनु भयो । उहाँले भेलामा विशेषत काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा सिफारिस हुनुभएका योगेन्द्र कुँवरलाई आगामी निर्वाचनमा विजयी बनाउन आवश्यक रणनीतिक छलफल भएको उल्लेख गर्नुभयो ।



सचिव महतले भेलामा सहभागी नेताहरुले पार्टीका लक्ष्य, क्षेत्रीय जनसमर्थन र प्रचार–प्रसारका रणनीतिहरुमा गहन छलफल भएको बताउनु भयो ।
भेलाले वडा कमिटी अधिवेशन पुस १६ गते तय गरेको छ । अधिवेशनबाट पार्टीको स्थानीय तह नेतृत्वको चयन र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिइनेछ । साथै, पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने भएकाले स्थानीय तहमा रणनीतिक तयारीलाई थप गति दिइएको छ । यस महाधिवेशनमा पार्टीको नेतृत्व, नीति तथा आगामी कार्यक्रम तय हुनेछन् ।
वडा नम्बर ७ का नेताहरुले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म पार्टीको लक्ष्य हासिल गर्न एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।




