वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का सम्झौता गर्ने तथा काम नगरि वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइका २२ वटा ठेक्का तोडिएका हुन् । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएका छन् । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।
जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालु ठेक्का २१५ वटा छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्तमध्ये २२ ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालको भनाइ छ । सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ । आयोजनाको बाँध, विद्युतगृह लगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल(रमण जेभी, जनकपु(९ धनुषासँगको ठेक्का भएको थियो ।







