बेमौसमी तरकारी उत्पादनको लागी देशकै प्रसिद्ध क्षेत्रका रूपमा चिनिएको सल्यानको कपुरकोटमा पछिल्ला छ महिनामा किसानहरूले ताजा तरकारी तथा फलफूल बिक्रीबाट ३० करोड रुपैयाँभन्दा बढी नगद आम्दानी गरेका छन्। कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार गत जेठको अन्तिम सातादेखि हालसम्म यहाँका किसानहरूले ३० करोड ५१ लाख २२ हजार ७२५ रुपैयाँ बराबरको ७८ लाख ५९ हजार ९३६ किलो कृषि उपज बिक्री गरेका हुन्।

बजार केन्द्रका अध्यक्ष तिलक शर्माका अनुसार यस अवधिमा सबैभन्दा धेरै टमाटर बिक्री भएको छ। किसानहरूले ५० लाख ८५ हजार ४८१ किलो टमाटर बिक्रीबाट १९ करोड ३९ लाख नौ हजार ४१७ रुपैयाँ आम्दानी गरेका छन्। यस्तै १५ लाख सात हजार ६८६ किलो बन्दा बिक्रीबाट तीन करोड १६ लाख ६१ हजार ४२१ रुपैयाँ र सात लाख ४६ हजार ३८७ किलो काउली बिक्रीबाट तीन करोड ५० लाख ८० हजार २३१ रुपैयाँ आम्दानी भएको छ।

यसैगरी किसानहरूले दुई लाख ६४ हजार ६२४ किलो सिमी बिक्रीबाट एक करोड ९५ लाख ८२ हजार २०७ रुपैयाँ, एक लाख २० हजार ५१२ किलो भेडे खुर्सानी बिक्रीबाट ८८ लाख ९८ हजार ६०६ रुपैयाँ, नौ हजार ८०० किलो नास्पाती बिक्रीबाट एक लाख १७ हजार ७३५ रुपैयाँ र ५३ हजार ४९५ किलो अदुवा बिक्रीबाट ३० लाख ९४ हजार ६८५ रुपैयाँ आम्दानी गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय