काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ५ को नेपाल विकासका लागि ज्ञानेश्वर फाउण्डेसनले कोशी प्रदेशका पाँच जना व्यवसायीक कृषकलाई जनहि एक लाख २० हजार राशि सहितको सम्मान प्रदान गरेको छ । फाउण्डेसनले कोशी प्रदेशका १० जनालाई सम्मान गर्ने जनाएको छ । पाँचथरको फिदिममा आयोजीत कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका डिल्लीराम खतिवडा, ताप्लेजुङ्गको फुङ्लिङ नगरपालिका दिल बहादुर मेनेङ्बो , तेह्रथुमको आठराई गाउँपालिका टेक बहादुर योञ्जन र पाँचथरको हिलीहाङ गाउँपालिका केदार गौतमलाई फिदिममा सम्मान गरेको हो ।
अन्य छ जनालाई सम्मानीतको फार्ममै पुगेर सम्मान गरेको फाउण्डेसनका अध्यक्ष ज्ञानेश्वर भट्टराईले जानकारी दिए । फाउण्डेसनले भोजपुर जिल्लाको आमचोक गाउँपालिकाकी सिता राइलाई फार्ममै पुगेर सम्मान गरिसकेको छ । फाउण्डेसनले सम्मानका लागि सोलुखुम्बुको दुधकुण्ड गाउँपालिकाकी डोमी शर्पा, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका कुमार श्रेष्ठ, खोटाङको दिप्रङ चुङचुम्मा गाउँपालिकाकी अम्बीका राई, संखुबा सभाको सभापोखरी गाउँपालिकाकी चन्द्रमाया तामाङ छनौट गरेको फाउण्डेसनका सचिव नबराज बस्नेतले बताए । उदयपुरको एक जनालाई सम्मान गर्ने योजना रहेपनि छनौट बाँकी रहेको उनले बताए ।



फिदिममा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष भट्टराईले कृषिमा परिवर्तन नआए सम्म देशको अर्थतन्त्रमा सुधार नआउने बुझेर १ करोड २५ लाखको अक्षय कोष स्थापना गरेर पाँच बर्ष देश िकृषकलाई सम्मान गर्दै आएको बताए ।फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कुम्बायक गाउँपालिका उपाध्यक्ष महेन्द्र खड्का,, फाउण्डेसनका सचिव नबराज बस्नेत, राष्ट्रिय कृषक समूहका उपाध्यक्ष गणेश पोख्रेल र अनिता बस्नेत,कोशी अध्यक्ष कुसुम दहाल लगायतले मन्तव्य राखेका थिए ।
महासंघको कोशी प्रदेशको लेखा समितिका संयोजक विरेन्द्र काफ्लेले कृषकका लागि महासंघले उत्प्ररणको काम गरेको बताए । महासंघका उपाध्यक्ष पोख्रेलले उद्यमी कृषकका लागि यो कदम महत्वपुर्ण भएको बताए । कार्यक्रम महासंघकी फिदिम समिति अध्यक्ष दिल कुमारी ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




