काठमाडौं । अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नती कार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एक वर्ष थपिएपछि स्तरोन्नती कार्यलाई तीव्रता दिइएको हो ।

आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि वि.सं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालीले ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । सम्झौताअनुसार म्याद सकिँदा ४० प्रतिशत विस्तारकार्य अधुरो अवस्थामा रहेको हो । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किमी र पुल बजार–जनागाल क्षेत्रमा करिब एक किमी सडक कालोपत्र गरिएको छ, भने पीचकार्यलाई तीव्रता दिइएको हो ।

यसअघि गत मङ्सिर तेस्रो साता डेढवर्षदेखि रोकिएको सूर्यबिनायक–धुलिखेल सडकखण्डको पलुबजार क्षेत्रमा स्तरोन्नतीकार्य सुरु गरिएको थियो । पुल बजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि अवरुद्ध करिब तीन सय मिटर सडकको स्तरोन्नतीकार्यलाई केही विषयमा सम्झौता गरेपछि पुनःनिरन्तरता दिने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय