काठमाडौं । चन्द्रागिरि नगरपालिका थानकोटस्थित त्रिभुवन पार्कमा आज विहान मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक चन्द्रागिरि नगरपालिका वडा नंं ३ मा बसोबास गर्ने गणेशमान थिङ रहेका छन् ।

थिङ मृत भेटिएपछि उनका परिवार सम्पर्कमा आएर शवको सनाखत गरेको थानकोट प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक थिङ नियमित मादक पदार्थ सेवन गर्ने गरेको र घरमा पनि धेरै नबस्ने गरेका थिए ।

थिङको आज बिहान थानकोट–त्रिभुवन पार्कस्थित थ्रिडी आर्ट म्युजियमको पछाडिको नालीमा शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय