सौराहामा आयोजित १९ औँ हात्ती महोत्सव अन्तर्गत सम्पन्न प्रतियोगितामा पुणम कलिले २५० अंक ल्याउँदै “मिस हात्ती सुन्दरी २०८२” को उपाधि हात पारेकी छिन्।प्रतियोगितामा सहभागीले सौन्दर्य, व्यक्तित्व, प्रस्तुति र सांस्कृतिक ज्ञानको मूल्यांकनमा प्रतिस्पर्धा गरेका थिए।

निर्णायकहरूले पुणम कलिको आकर्षक व्यक्तित्व, आत्मविश्वास र प्रस्तुति शैलीलाई विशेष महत्व दिएका थिए। महोत्सवमा हात्ती र वन्यजन्तु संरक्षण, पर्यावरणीय सचेतना र पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम पनि सञ्चालन गरिएका थिए। आयोजकहरूले यो कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनका साथै सांस्कृतिक र जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्‍याएको बताएका छन्।

सौराहा हात्ती महोत्सव नेपालमा पर्यटक आकर्षणको महत्वपूर्ण कार्यक्रमको रूपमा रहेको छ र यसले हात्ती र मानव सहअस्तित्व, संरक्षण र समुदाय सहभागितालाई जोड दिने उद्देश्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय