पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अदालतमा तारिख बुझ्न पोखरा आइपुगेका छन्। उनी जिल्ला अदालत कास्कीमा अन्य प्रतिवादीहरूसँगको म्याद समन्वय गर्न उपस्थित भएका हुन्।अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिएअनुसार, “सूर्यदर्शन सहकारीको मुद्दामा अन्य प्रतिवादीहरूको म्याद मिलाउन रवि लामिछाने अदालतमा उपस्थित भएका छन्। अबदेखि सबै प्रतिवादीको एकै मितिमा सुनुवाइ हुनेछ।”

रवि लामिछाने २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनले पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुट पाए। यसअघि रविले मुद्दामा आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। सूर्यदर्शन सहकारी प्रकरणमा ठगीको आरोपमा दर्ज गरिएका अन्य प्रतिवादीहरूसँगको म्याद मिलाउने कार्यले अबबाट मुद्दाको सुनुवाइ प्रक्रियालाई एकसाथ अघि बढाउने अपेक्षा गरिएको छ। अदालतले सबै पक्षको उपस्थितिमा सुनुवाइलाई व्यवस्थित गर्ने तयारी गरिरहेको छ।

यस प्रकरणमा अदालतले ठगीसम्बन्धी प्रमाण संकलन र प्रतिवादीहरूको उपस्थितिमा ध्यान दिने जनाएको छ। आगामी सुनुवाइमा मुद्दाको प्रगतिलाई छिटो अगाडि बढाउन अदालतले आवश्यक व्यवस्थापन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय