काठमाडौं । काठमाडौं महानगरपालिकालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्यांक दिन उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो ।

कामपाले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको छ । यस्तै अन्य वडाहरुले पनि निगरानी कक्ष सञ्चालनमा ल्याई विभिन्न ७७ वटा क्यामरा जडान गरिसकेको छ ।

अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्राएचडी (फोरके) क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको जानकारी पुग्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिने बताइएको छ । सडक तथा सार्वजनिकस्थलमा गल्ती गरेर अब कोही उम्किन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यता, चन्द्रागिरि नगरपालिकाले भने गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड भएका कुनै पनि सिसि क्यामेरा सञ्चालन गर्न सकेको छैन । सुरक्षा चुनौती बढेको भन्दै प्रहरी वृत्त थानकोटले पटक पटक आग्रह गर्दा पनि नगरले सिसि क्यामेरा जडान गर्न ढिलाइ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय