काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १० बाट ११ जनाको नाम सिफारिस भएको छ । सोमबार पार्टीको क्षेत्रीय कमिटी बैठकले प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा केन्द्रीय सदस्य विनोद श्रेष्ठ सहित ११ जनाको नाम सिफरिस गरेको हो ।



बैठकले पूर्व उम्मेदवार हिमेश के सी, वटुकृष्ण थापा, डा.सुरेन्द्र मानन्धर, सरस्वती रिजाल, केशरत्न बजार्चाय, सरद कुमार महर्जन, भक्तलाल श्रेष्ठ, रुपेश वास्कोटा, सुर्यबहादुर बुढाथोकी र सुमन पोखरेल रहेका छन् ।
प्रत्यक्ष तर्फको उम्मेदवारीका लागि १६ जनाको दाबी परेकोमा पाँच जनाले भने नाम फिर्ता लिएका थिए । भक्तलाल श्रेष्ठ र विनोद श्रेष्ठ चन्द्रागिरिवासी हुन् भने अन्य नौ जना कीर्तिपुरका हुन् । सिफरिस भएकाहरुको नाम जिल्ला कमिटिको राय सुझाव सहित प्रदेश कमिटिमा पुग्नेछ र केन्द्रीय कमिटिले उम्मेदवारको नाम टुंगो लगाउने छ ।




