काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ८ र ९ को सीमानामा पर्ने बार्न नाउरीघाट भन्ने स्थानमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पजारुबाट थलह जाँदै गरेको कर्णाली प्रदेश ००१ च १३२७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ६ जना सवार थिए ।



दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी छेडागाड नगर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




