काठमाडौं । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द भएको छ । आगामी पुष २८ गतेसम्म ४ दिनका लागि उक्त सडक खण्डमा साना तथा ठूला सबै सवारी साधन अवरुद्ध हुने भएको हो ।

राजमार्ग अन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु भएकाले दैनिक बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक तथा विद्युत सेवा अवरुद्ध हुने निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले जनाएको छ । निर्माण कार्य अवधि भरि अति आवश्यक कार्यका लागि वैकल्पिक मार्गको सडक प्रयोग गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ ।

यस्तै सोही अवधिमा उक्त क्षेत्रमा आफ्ना पशु चौपाया नछोडिदिन, मानिसहरू हिँडडुल तथा आवतजावत नगरी दिन र सावधानी अपनाइदिन समेत स्थानीयवासी तथा यात्रुहरूलाई अनुरोध गरिएको छ । स्तरोन्नतिको समय केन्द्रीय प्रसारण लाइन समेत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय