काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याइएको तीन वर्ष बितिसक्यो । तर अझैसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । जसको कारण विमानस्थल बनाउन लिएको ऋणको साँवाब्याज समेत तिर्न सकिएको छैन । तर, अझै पनि विमानस्थल नियमित संचालनको योजना सरकारसँग छैन । वर्षमा २ अर्बभन्दा बढी ऋणको साँवाब्याज तिर्नुपर्छ तर विमानस्थलको आम्दानी ३६ करोड रुपैयाँ पनि छैन ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा नेपाल सरकारको जमानीमा नागरिक उड्डयन प्राधिकरणले चीनको एक्जिम बैंकबाट लिएको ऋण ।
ऋण रकम ः १ अर्ब ३७ करोड ८७ लाख युआन
ब्याजदर ः ५ प्रतिशत
भुक्तानी अवधि ः ७ वर्ष ग्रेस अवधिसहित २० वर्ष
भुक्तानी सुरु भएको मिति ः २०७९ चैत १ गते
भुक्तानीको अन्तिम मिति ः २०९२ चैत १ गते
(तत्कालीन सटही दर अनुसार २२ अर्ब ५० करोड रुपैयाँ रहेको यो रकम अहिलेको सटही दर अनुसार २८ अर्ब २० करोड रुपैयाँ बराबर हुन आउँछ । यो रकम २०९२ सम्म २६ किस्तामा भुक्तानी गर्ने गरि कार्यतालिका नै बनाएको छ ।)
(वर्षमा २ पटक चैत १ र असोज १ गते ५ करोड ३० लाख २८ हजार युआनका दरले कुल १० करोड ६० लाख ५६ हजार अर्थात अहिलेको सटही दर अनुसार २ अर्ब १७ करोड रुपैयाँ साँवाब्याज तिर्नुपर्ने हो ।)
तर पछिल्लो २ वर्षदेखि किस्ता तिरेकै छैन । यो अवस्थामा विमानस्थल चलाउने योजना पनि सरकारले ल्याउन सकेको छैन ।
(पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले गत वर्ष ३६ करोड २३ लाख १५ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ । तर २१ करोड रुपैयाँ खर्च भएको छ ।)
यसकारण आम्दानीले ऋण तिर्न सक्ने अवस्था छैन । उसो त चीनको यो ऋण रकमलाई अनुदानमा बदल्नुपर्ने सुझाव पनि आइरहेका छन् । सरकारले यसबारे छिटै निर्णय नलिए डेब्ट ट्य्राप डिप्लोमेसी अर्थात ऋणको पासोमा फस्ने निश्चित छ ।

उसो त केही समय अघि मात्र विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको निश्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशकसहित ५५ जन विरुद्ध मुद्दा दायर गरेको छ । ऋणमा लिएर विमानस्थल बनाउँदा यति धेरै भ्रष्टाचार भएको आरोप छ भने अर्को तर्फ ऋणको साँबा ब्याज कसरी तिर्ने भन्ने चिन्ता छ । विमानस्थलेबाट चाटर्डबाहेकका उडान पनि हुन सकेको छैन । यो अवस्थामा नियमित अन्तराष्ट्रिय उडान र विमानस्थल संचालनको ठोस योजना बनाउन ढिला भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय