काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएका हुन् । आयोगले आज पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीबारे जानकारी दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यो पटक त्यो काम गर्न नसकेको बताउनु भयो ।

विदेशमा रहेका नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने माग उठेको थियो । तर, आयोगले भने जिल्लाबाहिरबाट समेत मतदान गर्न पाउने व्यवस्था गर्न सकेन । निर्वाचनको सुरक्षाबारे प्रवक्ता भट्टराईले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । त्यस्तै, निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्ने विषयमा प्रयास भइरहेको उहाँले बताउनु भयो ।

समानुपातिक उम्मेदवारको नाम फिर्ताको विषयमा पनि अहिलेसम्म जानकारीमा नरहेको उहाँको भनाइ छ । उम्मेदवारी फिर्ता लिने समय पुस २८ गते तोकिएको बताउँदै उहाँले सामाजिक सञ्जालबाट फिर्ताको घोषणा भए पनि आधिकारिक रुपमा पुस २८ गते निवेदन दिनुपर्ने आयोागको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय