काठमाडौं । एहिपस्सिको बौद्ध विहारले चन्द्रागिरि नगरपालिकाका समाजसेवी ईश्वर लामा र जयराम लुर्इँटेललाई सम्मान गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५ किपुल्चास्थित एहिपस्सि बौद्ध बिहारका लागि लामा र लुर्इँटेलले कथिन दान महोत्सवमा सहयोग गरेको भन्दै बिहारले उहाँहरुलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा लामा र लुइँटेलले जुनसुकै धर्म र विचार भएपनि आफ्नो स्थानमा हुने सामाजिक गतिविधिमा सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विहारका प्रमुख भन्टेले शान्तिका लागि बिहार समाजमा सधैं अग्रसर रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय