काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन, कुलमान घिसिङ लगायतका शक्ति व्यक्ति तथा समूहहरूलाई लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले ती व्यक्तिहरू देश निर्माणमा सहकार्य गर्नुभन्दा विध्वंसकारी उद्देश्यले एक ठाउँमा उभिएको बताए । अध्यक्ष ओलीका अनुसार यस्ता समूहले सार्वजनिक जवाफदेहिता नदेखाइ लोकतान्त्रिक प्रणाली र संस्थागत शक्तिविरुद्ध मोर्चा खडा गरेका छन्।

उनले थपे, “कुनै अवतारी आएर जादू वा चमत्कारको माध्यमबाट समस्याको समाधान हुने भ्रम फैलाइएको छ, जुन गलत र खतरनाक छ।” ओलीले यसप्रकारको गतिविधि देशका लागि हानिकारक भएको र लोकतान्त्रिक मूल्य तथा प्रक्रियामाथि प्रतिकूल असर पार्ने भएकाले सबै पक्ष सचेत हुनुपर्ने बताए। उनले पार्टीभित्र र देशभरि लोकतान्त्रिक संस्थाहरूको सुरक्षा र मजबुतीमा जोड दिँदै सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरे।

यसअघि अध्यक्ष ओलीले मुलुकको स्थायित्व, सुशासन र जनताको हितमा काम नगर्ने वा भ्रम फैलाउने समूहविरुद्ध स्पष्ट र कडा कदम चाल्ने तयारी रहेको संकेत पनि दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय