काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्भावित एकताबारे आज बेलुकासम्म टुंगो लाग्ने बताएका छन् । शनिबार रामेछाप पत्रकार समाजको पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले केही विषयमा अन्तिम सहमति बाँकी रहेको र त्यसबारे छिट्टै निर्णय लिइने जानकारी दिए ।

घिसिङका अनुसार उज्यालो नेपाल पार्टी दर्ता भइसकेको छ र पार्टीप्रति उनको साथ र सद्भाव कायम छ । वर्तमान राजनीतिक अवस्था र जनताको अपेक्षा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने विषयमा समझदारी बनेको उनले बताए । यद्यपि सहमति नभए उज्यालो नेपाल पार्टीमार्फत नै अघि बढ्ने संकेत पनि उनले दिए।

आगामी संसदीय निर्वाचनका सन्दर्भमा घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने सम्भावनाबारे संकेत गरे पनि निर्वाचन क्षेत्र अझै अन्तिम नभइसकेको स्पष्ट पारे । उनले रामेछापप्रति आफ्नो विशेष लगाव रहेको उल्लेख गर्दै चुनावी अभियान र नतिजा प्रभावकारी हुने क्षेत्रबाट उम्मेदवारी दिने विषयमा विकल्पहरू अध्ययन गरिरहेको बताए ।

घिसिङले आगामी निर्वाचन देशको स्थायित्व, स्थिरता र सुशासनका लागि अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै जनअपेक्षा अनुसारको राजनीतिक विकल्प आवश्यक रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय