काठमाडौं । राजनीतिक वृत्तमा अहिले हटकेक बनेको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा विभिन्न अड्कालबाजी भइरहेका छन् । भोलिदेखि काठमाडौंको भृकुटीमण्डमा हुन लागेको विशेष महाधिवेशनको धमाधम तयारी भइरहँदा विशेष पक्षधरमा आउने क्रम बढेको छ ।



यसैक्रममा नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं. २ इकाईले विशेष महाविधेशनको स्वागत गरेको छ । इकाईका कार्यबहाक सभापति किरण पोखरेलले आज सामाजिक सञ्जालमार्फत विशेष महाधिवेशनमा उपस्थित हुन अपिल गरेका छन् ।
उनले वर्तमान समयमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पार्टीलाई अपरिहार्य रहेको समेत बताएका छन् । कार्यबहाक सभापति पोखरेलले भोलिबाट सुरु हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डमा उपस्थित हुन वडा, नगरदेखि नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आह्वान समेत गरे्का छन् ।




