काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निम्तो लिएर पुगेको टोलीलाई सभापति शेरबहादुर देउवाले भेट दिएका छैनन्। शनिबार कांग्रेसको विशेष महाधिवेशनको अतिथि सत्कार समिति संयोजक राम पल्टन साह आफैं चिट्ठी लिएर देउवानिवास पुगेका थिए, तर सभापति देउवाले प्रत्यक्ष भेट्नु भएन।

साहका अनुसार, देउवाका स्वकीय भानु देउवाले पत्र पढेर आफ्नो खल्तीमा राखिदिएका थिए। साहले भने, “सभापतिज्यूलाई आधा घन्टा पर्खियौँ। भानु देउवाले आउनुभयो, पत्र पढेर मेरै खल्तीमा हालिदिनुभयो। जानुस्, तपाईंलाई लाज लाग्दैन ?”

त्यस्तै, सोही टोली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पनि पुगेको थियो। खड्काको निवासमा भने राम्रो व्यवहार गरिएको र पत्र बुझ्ने क्रममा सचिवालयका कर्मचारीले टोलीको नाम र नम्बर टिपेको साहले जानकारी दिए।

यो घटनाले कांग्रेस भित्रको महाधिवेशन तयारी र नेताहरुसँगको समन्वयको अवस्थामाथि ध्यानाकर्षण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय