नेपाली कांग्रेस बाराको जिल्ला सभापती राजेश राय यादवले पार्टीभित्र एक्कलौटी रुपमा निर्णय गरी जिल्ला कार्यसमितिलाई बाईपास गरेको आरोप लागेको छ ।

जिल्ला सभापती यादवले जिल्ला कार्यसमितिको बैठक नबोलाई एकलौटी रुपमा लेटर प्याडको प्रयोग गरेको, कार्यसमिति सचिवको अधिकारबाट समेत बंचित गरि सभापति यादवले आफैले लेटर प्याडमा लेख्ने गरेको भन्दै नेपाली कांग्रेस बारा जिल्ला उपसभापती मनोज भट्ट, अमिरिलाल पाल, जिल्ला सचिव भैयाराम यादव, सचिव राजेश रौनियार, ससचिव प्रमोद यादव, कृष्णदेव जैसवारले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन ।

उनीहरुले जिल्ला सभापती यादवको कार्यशैलीको विरोध पनि गरेका छन । सभापती यादवले मनलाग्दी निर्णय गरेर प्रदेश र क्षेत्रीय कमिटीहरुमा पठाएको पनि उपसभापती मनोज भट्टले बताए ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा सभापती यादबको एकलौटी निर्णयले असन्तुष्ट पक्ष विरोधमा उत्रिएको हो ।

जिल्ला अधिवेशनबाट २ महिनाअघि सभापतीमा निर्वाचित यादब जिल्ला कार्यसमितिमा अल्पमतमा छ ।
पदाधिकारी सहित कार्यसमितिका बहुमत सदस्य यादबको विरोधी खेमाबाट चुनिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय