वरिष्ठ लोकगायक कुमार बस्नेत कोरोना संक्रमित भएका छन् । बस्नेतमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘केही दिनदेखि शारीरिक असहज महसुस भइरहेको थियो ।

शंका लागेर पिसिआर टेष्ट गराएको कोरोना संक्रमित पुष्टि भयो’ बस्नेतले भने, ‘अहिलेसम्म त्यस्तो केही गाह्रो भएको छैन । सजिलै पचाउन सक्छु भन्ने लागेको ।’ फ्यानलाई आफ्नो स्वास्थ्यको चिन्ता नलिन बस्नेतले आग्रह गरे । भने, ‘म ठिक छु । आफ्नो पनि स्वास्थ्यको ख्याल गर्नुस्, स्वास्थ्य मापदण्ड पालना गर्नुस् ।’

बस्नेत अहिले होम आइसोलेसनमा छन् । छोराछोरी भेट्न अमेरिका उड्ने तरखरमा रहेका बस्नेतको कोरोना संक्रमित भएको कारण अमेरिका यात्रा अहिले रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय