बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाको उपनिर्वाचनका उम्मेदवार एमालेका पुरुषोत्तम पौडेललाई स्वतन्त्र उम्मेदवार सुरज शाह तेलीले समर्थन गरेका छन् ।

तेलीले नेकपा एमालेका उम्मेदवार पौडेलको समर्थनमा फिर्ता लिएको घोषणा गरेका छन् भने उनले विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी समेत निष्कृय गरेका हुन ।

उनले विज्ञप्ति जारी गर्दै भने, ‘‘एमालेका पुरुषोत्तम पौडेल बाराकै चिर परिचित अनुहार तथा बाराका पुरानो र जनमुखी नेता हुन । बारामा भएका विकासको पहलकर्ता समेत रहेका पुरुषोत्तमलाई प्रतिनिधिसभाको उपनिर्वाचनमा विजयी गराउन आम मतदाता संग अपिल समेत गरेका छन ।’’

उनले भने, ‘बारा क्षेत्र नम्बर २ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर २ लाई आवश्यक भएको उम्मेदवार चाहिँ पुरुषोत्तम पौडेल नै भन्ने निष्कर्ष निकालें ।’

उनले पुरुषोत्तमले अघि सारेको चुनावी नारा आफूलाई मन परेको बताए । बाराका ४ वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो पुरुषोत्तमकै कारण भएको र अब यस क्षेत्रमा समेत विकास गर्नका निम्ती पुरुषोत्तमको आवश्यकता भएको निष्कर्ष समेत उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय